स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि खजुरामा कार्यशाला संचालन

खजुरा । बाँकेको खजुरा गाउँपालिकामा निर्माण भएको स्थानीय पाठ्यक्रम सम्बन्धि दुई दिने कार्यशाला शुरु भएको छ । खजुरा गाउँपालिकाको शिक्षा, युवातथा खेलकुद शाखाको आयोजना, प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक) नेपाल बाँकेको समन्वयमा सोमबारदेखि दुई दिने कार्यशाला संचालन गरिएको हो ।

कार्यशालामा बोल्दै वडा नं २ का वडाअध्यक्ष धनराम ओलीले स्थानीय पाठ्यक्रमले शैक्षिक सिकाईलाई दिगो बनाउन मद्दत पुर्याउने बताउनुभयो । स्थानीय पाठ्यक्रममार्फत स्थानीय स्तरमा रहेका बस्तुभाउ, वातावरणसहितको समग्र अवस्थाका बारेमा बिद्यार्थी जानकार बन्ने वडाअध्यक्ष ओलीले बताउनुभयो ।कार्यशालाले खजुरामा निर्माण गरिएको स्थानीय पाठ्यक्रमलाई मूर्त रुप दिनेछ । उद्घाटनमा खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, स्याकका कार्यवाहक अध्यक्ष बबिता शाह लगायतको उपस्थिति रहेको थियो ।

कार्यशालालाई शिक्षाविद जित बहादुर शाहले सहजीकरण गरिरहेको परियोजना संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो । कार्यशालामा सामुदायिक तथा संस्थागत बिद्यालयका प्रअ तथा शिक्षकहरुको सहभागिता रहेको छ ।

स्थानीय पाठ्यक्रममा स्थानीय मठ मन्दिर, धार्मिक तथा संस्कृतिक परिवेश तथा अवस्था, जाति तथा भेष लगायतका बिषय समाबेश छन् ।

Previous articleनेपाल सार्वजनिक सेवा कर्मचारी संघ बाँकेको अध्यक्षमा देवकोटा चयन
Next articleअभिनेता पल शाह थुनामुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here