बागेश्वरी मन्दिरको द्धार खुल्ला गर्न कशौधन बैश्य समाजको माग

बाँके । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेको प्रसिद्ध शक्तिपीठ माता बागेश्वरीको द्धार खोल्नुपर्ने माग गरिएको छ ।

सरकारले आन्तरिक उडान, सार्वजनिक यातायात लगायतका कार्यहरु खुल्ला गरिसकेकाले मन्दिरको द्धार समेत खोल्नुपर्ने माग गरिएको हो ।

कोरोना महामारीको जोखिमका कारण बन्द गरिएको सार्वजनिक यातायात लगायतका सवारी सधानहरु सरकारले खोलेसंगै बन्द गरिएका मठ मन्दिर पनि खोल्नुपर्ने कशौधन बैश्य समाजले माग गरेको हो ।

सर्वसाधारणको पुजा अर्चनाका लागि हिन्दुहरुको पबित्र आस्थाको केन्द्र बागेश्वरी मन्दिरको द्धार खोल्न समाजका अध्यक्ष नन्दलाल बैश्य तथा महासचिव सत्यनारायण बैश्यले बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापन-पत्र बुझाउनुभएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई बुझाइएको ज्ञापन-पत्रमा बागेश्वरी मन्दिरको द्धारसंगै दशैंको मुखमा आइसकेको नवदुर्गा माताको नौ दिनसम्म पुजा अर्चना गर्ने अवसर प्रदान गर्न आग्रह गरिएको छ ।

दशैका बेला नौ दिनसम्म मनाइने नवदुर्गा माताको पुजा अर्चना कार्यलाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने गरी मनाउन सहयोग गर्न प्रशासनलाई अनुरोध गरिएको हो ।

Previous articleनेपाल तरुण दल नेपालगञ्ज सभापति शन्दिप जंग शाह रिहा
Next articleकोरोना देखिएका नेपालगञ्जका एक सहित दुईको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here