
बाँके । नेपाल तरुण दल नेपालगञ्ज नगर सभापति शन्दिप शाह जेलमुक्त हुनुभएको छ । हातहतियार मुद्दामा पक्राउ परेका नगर सभापति शाह बुधबार रिहा हुनुभएको हो ।
बुधबार अदालतले ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको छ । उता अदालतले सुनाएको फैसलाभन्दा बढि कैद भुक्तान गर्नुभएकाले शाहलाई बुधबार नै रिहा गरिएको हो ।
नेपाली कांग्रेस बाँकेका सचिव कपिल शर्माले अदालतले बुधबार ६ महिना कैद सजाय सुनाएको र तोकिएको सजाय कटिएकाले शाह रिहा भएको जानकारी दिनुभयो । यद्दपि अदातलतको पूर्ण पाठको विवरण आइनसकेको बताउनुभयो ।
पक्राउ परेको मितिदेखि नै सजायको समय जोडिने भएको हुँदा शाहले ६ महिनाको सजाय काटिसकेको सचिव शर्माले बताउनुभयो । शाहको कारबाट २०७६ कार्तिक १४ गते गनापाुरस्थित नमस्ते रेष्टुरेण्टमा फार्किङ्ग गरिएको अवस्थामा हतियार फेला परेको थियो ।





