
बाँके । कोरोना पुष्टि भएका थप दुई जनाको मृत्यु भएको छ । उनीहरुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक एव प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गका अनुसार नेपालगञ्ज–४ का ५२ वर्षका एक पुरुष र सुर्खेतकी एक ७५ वर्षीया महिलाको मृत्यु भएको हो ।
योसंगै बाहिर जिल्लाबाट उपचारका क्रममा यहाँ आएर मृत्यु भएकाको संख्या आठ र बाँकेका मात्रै १७ जनाको मृत्यु भइसकेको छ ।





