आर्मी अस्पतालका १८ सहित बाँकेका ३४ जनामा कोरोना पुष्टि

बाँके । भेरी अस्पतालको पछिल्लो परीक्षणबाट जिल्लाका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालकोे प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणबाट बाँकेका ३४ सहित ४० जनामा कोरोना पुष्टि भएको हो ।

सो परीक्षण नतिजा अनुसार बाँकेको आर्मी अस्पताल राँझाका १८ जना जवानलाई कोरोना देखिएको छ । त्यस्तै नेपालगञ्जका ९ जना, खजुराका १, कोहलपुरका ४, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका १÷१ जनामा संक्रमण प्ष्टि भएको हो ।

यस्तै जिल्ला बाहिरको संक्रमण पुष्टि हुनेहरुमा बर्दिया बाँसगढीका २, ठाकुरबाबा नगरपालिकाका २ र दैलेखका दुई जना रहेका छन् । भेरीको प्रयोगशालामा पछिल्लो समय १ सय ५७ जनाको स्वाब परीक्षणबाट ४० जनामा कोरोना देखिएको छ ।

Previous articleकोरोना संक्रमित चिकित्सकको मृत्यु
Next articleसिँचाइ विभागका सिडिईविरूद्ध तीन करोडको भ्रष्टाचार मुद्दा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here