कोरोना संक्रमित चिकित्सकको मृत्यु

प्रतिकात्मक तस्बिर

बाँके । कोरोना संक्रमण रहेका एक जना बरिष्ठ चिकित्सकको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । भेरीको कोभिड आइसोलेसन वार्डमा उपचाररत् उनको आज दिउँसो मृत्यु भएको अस्पतालका मेसु डा.प्रकाश थापाले पुष्टि गर्नुभएको छ ।

हाल उनी प्रादेशीक अस्पताल सुर्खेतमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए । उनलाई सुर्खेतमै भाइरस संक्रमण भएको थियो । सुरुमा उनलाई त्यही उपचार गरिएको थियो । तर अवस्था सुधार नभएपछि असोज २ गते सुर्खेतबाट ल्याएर भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

रेमडिसिभिर औषधिसँगै उनलाई दुईपटक प्लाज्मा थेरापीबाट पनि उपचार गरिएको थियो । यसअघि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा नेपालगञ्ज–४ का ५२ वर्षका एक पुरुष र सुर्खेतकी एक ७५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

Previous articleकोरोना देखिएका नेपालगञ्जका एक सहित दुईको मृत्यु
Next articleआर्मी अस्पतालका १८ सहित बाँकेका ३४ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here