कोहलपुरका केही स्थानहरुमा बिद्युत मापन यन्त्रहरुको छड्के चेकजाँच

कोहलपुर । नेपाल बिद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज प्रमुख हरिप्रसाद पाण्डेले कोहलपुरमा ग्राहकलाई बितरण गरिएको सप्लाई लाइनको स्थलगत अनुगमन गर्नुभएको छ ।

पाण्डेले शुक्रबार कोहलपुर नगर क्षेत्रका विभिन्न स्थानहरुमा पुगेर बिद्युत मापन यन्त्रहरुको छड्के अनुगमन तथा निरिक्षण गर्नुभएको हो । अनुगमनका क्रममा समयमै रिडिङ भए/नभएको, सिलको अवस्थासहित चुहावट नियन्त्रण समेतमा निगरानी गर्नुभएको छ ।

साँझ कोहलपुर वितरण केन्द्र अन्तरगत पर्ने २० नम्बर एरियामा अचानक टोलीसहित पुग्नुभएका डिभिजन प्रमुख पाण्डेले उक्त क्षेत्रमा होटल व्यवसाय गर्ने सिंगल तथा थ्री फेजका केही ग्राहकहरुको जडित बिद्युत मापन यन्त्रहरुको स्थलगत निरिक्षण गर्नुभएको कोहलपुर बितरण केन्द्रमा कार्यरत भाईराजा श्रीवास्तले जानकारी दिनुभयो ।

अनुगमन तथा निरिक्षण टोलीमा डिभिजन कार्यालयका लेखा प्रमुख गोविन्द ढकाल, प्रशासन प्रमुख गोपाल प्रसाद ओझा र कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मी समेतको सहभागिता रहेको थियो ।

Previous articleहात्तीपाईले बिरुद्धको अभियान चैत्र १५ गतेसम्म चल्ने
Next articleबर्दियाको राजापुरमा स्थानीय पाठ्यक्रम निर्माणको तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here