बर्दियाको राजापुरमा स्थानीय पाठ्यक्रम निर्माणको तयारी

राजापुर । बर्दियाको राजापुर नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्न लागेको छ । आगामी शैक्षिक शत्रबाट लागु हुने गरी राजापुर नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्न लागेको हो ।

देश संघियतामा गएपछि पालिकाहरुले आफ्नो भुगोल, परिवेश, संस्कृती र स्थानीय आवश्यकता लगायतका विषयहरुलाई समावेश गरेर स्थानीय पाठ्यक्रम बनाउनु पर्ने भएकाले नगरपालिकाले पाठ्यक्रमको निर्माण तयारी सुरुवात गरेको छ ।

यसैबिच स्थानीय पाठ्यक्रम निर्माणका लागि राजापुर नगरपालिकाले नगरपालिकाका सरोकारवाला पक्षहरुसंग छलफल गरेको छ ।

प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) बाँकेले राजापुर नगरपालिकासंग साझेदार संस्थाको रुपमा सहकार्य गरिरहेका छन् ।

छलफल कार्यक्रममा पाठ्यक्रममा के कस्ता कुराहरुलाई समेट्ने, कसरी समेट्ने लगायतका विषयमा छलफल गरिएको छ । छलफल कार्यक्रमबाट निर्माण हुने पुस्तकको नाम “हाम्रो भौरा राजापुर” राख्ने निर्णय गरिएको जनाइएको छ ।

१ देखि ८ कक्षासम्म पाठ्यक्रम निर्माण गर्नुपर्ने भएकाले सम्बन्धित विषयमा विज्ञता भएका शिक्षक एवम् जनप्रतिनिधी सम्मिलित समितिहरु गठन पनि गरिएको छ ।

कार्यक्रममा विद्यालयमा शिक्षक, शिक्षिकाहरुले स्थानीय पाठ्यक्रमका विषयमा तालिम लिएकाले अब शिक्षक, शिक्षिकाहरुले स्थानीय पाठ्यक्रम निर्माणमा महत्वपूर्ण भुमिका खेल्नुपर्ने राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले बताउनुभयो ।

पाठ्यक्रम निर्माण गर्दा व्यवहारिक पाटो पनि हेरिनु पर्ने उल्लेख गर्दै राजापुर नगरपालिकाकी उपप्रमुख मनकला चौधरीले बुजुर्वा शिक्षाले अगाडि बढ्न नसकिने र अब पाठ्यक्रम बनाउँदा रोजगारीमुखी बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रमका सहभागिहरुले नगरपालिका भित्रका सामाजिक, भौगोलिक, सास्कृतिक पहिचान र सम्मान भावको विकास गर्न, यस क्षेत्रका ऐतिहासिक र प्राकृतिक सम्पदाहरुको संरक्षण, प्रवद्र्दन र विकासमा सहभागिता, स्वास्थ्य, प्रकृतिक विपत्तिप्रति सचेत रहने सक्षमताको विकास हुने विषयवस्तु समेटिनु पर्ने बताएका छन् ।

परिवर्तित राजनैतिक एवम् प्रशासनिक व्यवस्था अनुसार संघिय संरचना अनुरुप अभिभावक, स्थानीय विज्ञ, शिक्षक तथा अन्य सरोकारवालाहरुको सहभागितामा स्थानीय पाठ्यक्रमको विकास गर्ने सम्पुर्ण जिम्मेवारी स्थानीय सरकारलाइ हस्तान्तरण गरिएको छ ।

छलफल कार्यक्रमलाई बर्दिया जिल्लाका पूर्व जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहले सहजीकरण गर्नुभएको सिकाईद्धारा संचालित सिकाई परियाजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

Previous articleकोहलपुरका केही स्थानहरुमा बिद्युत मापन यन्त्रहरुको छड्के चेकजाँच
Next articleजातीय छुवाछूत गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here