नेपालगञ्जका बालिका तथा किशोरीहरुलाई आत्मसुरक्षा तालिम

नेपालगञ्ज । हिंसा विरुद्ध प्रतिकारका लागि नेपालगञ्जका बालिका तथा किशोरीहरुलाई आत्मसुरक्षा तालिम दिइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बालिका तथा किशोरीहरुलाई आत्मसुरक्षा तालिम दिएको हो ।

फागुन २४ गतेदेखि २६ गतेसम्म सञ्चालित तालिमको उद्घाटन नगर प्रमुख प्रशान्त विष्टले गर्नुभएको थियो भने समापन उपमेयर कमरुद्दिन राईले गर्नुभएको थियो ।

तालिम प्रशिक्षकमा नेतृत्व इभेन्ट प्रालिका सुरेन्द्र चलाउने र पूजा बैश्य तथा कराते संघ नेपालगञ्जका रिना राना, कृष्ण चौधरी र सन्तोष शाह रहेको महिला विकास अधिकृत पवित्रा पुरीले जानकारी दिनुभएको थियो ।

समापन कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख शोभा शाह, प्रशासन प्रमुख राजन केसी लगायत उपस्थिति रहेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बालिका तथा किशोरीमाथिको बढ्दो हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आत्मरक्षा तालिम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले बढ्दो शारीरिक हिंसा कायम रहेकाले यसको न्यूनीकरण गर्न यस्तो तालिम उपयोगी भएको बताउनुभयो । रिजालले यसप्रकारको तालिमले बालिका तथा किशोरीहरुलाई शारीरिक र मानसिकरुपमा आत्मविश्वासी बनाउने बताउनुभयो ।

Previous articleअवधी भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धनमा पहल गर्ने : मन्त्री यादव
Next articleअवधी पत्रकार संघ बाँकेको अध्यक्षमा प्रहलाद विश्वकर्मा चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here