७४ वर्षीय पुरुषको हत्या आरोपमा ६ जना पक्राउ

नेपालगञ्ज । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-८ घोरखानी घर भएका ७४ वर्षीय जितबहादुर बुढाको हत्या भएको छ ।

हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय अनिल पुन, २ जना १७ वर्षीय किशोर, २ जना १६ वर्षीय किशोर र १४ वर्षीय किशोर छन् ।

आरोपीहरुलाई शनिवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ ।

पूर्व रिसिबिको कारण आरोपीहरुले कुटपिट गरेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

कुटपिटबाट गम्भिर घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको थियो ।

Previous articleहिरासत फोडेर भागेका थप एक जना पक्राउ, एक जना अझै फरार
Next articleसामूहिक बलात्कार आरोपमा दाङबाट ३ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here