सामूहिक बलात्कार आरोपमा दाङबाट ३ जना पक्राउ

नेपालगञ्ज । दाङबाट प्रहरीले सामूहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

२९ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई शनिबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आरोपीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगेर बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Previous article७४ वर्षीय पुरुषको हत्या आरोपमा ६ जना पक्राउ
Next articleकाेहलपुरले उचाल्याे १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे च्याम्पियनसिप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here