नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्धारा शपथ ग्रहण

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गर्नुभएको थियो ।

Previous articleप्रमोद डिजीले पाए उत्कृष्ठ समाबेशी गायन अवार्ड-२०७९
Next articleसुविधा बढाउँदै कर्णाली प्रदेश अस्पताल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here