प्रमोद डिजीले पाए उत्कृष्ठ समाबेशी गायन अवार्ड-२०७९

नेपालगञ्ज । गायक प्रमोद डिजीले थारु गायनतर्फ उत्कृष्ठ राष्ट्रिय समाबेशी म्यूजिक अवार्ड (निम) २०७९ पाउन सफल हुनुभएको छ ।

गायक डिजीलाई आइतबार राजधानी काठमाण्डौमा एक समारोहमार्फत सो अवार्ड प्रदान गरिएको हो । समाबेशी म्यूजिक अवार्डमा समाबेश पाँच वटा गितमध्ये गायक डिजीको ‘तोहर नथिया’ बोलको गितमार्फत उत्कृष्ठ गायन अवार्ड पाउन सफल हुनुभएको हो ।

पश्चिम नेपालमा चर्चित बनेको ‘तोहर नथियामा’ गायक डिजी र अन्जु चौधरीको स्वर रहेको छ । बाँके जिल्लाका बिभिन्न पर्यटकिय स्थलहरुमा छायाँकन गरिएको उक्त म्युजिक भिडियोलाई चर्चित निर्देशक नवराज सुबेदीले निर्देशन गर्नुभएको छ ।

गीतमा पश्चिमकै मोडल कृष्णराज अधिकारी र सोना बज्राचार्यको अभिनय छ । गीतको संगीत संयोजन तथा संगीत केशव बडुले दिनुभएको छ । राम आरोहको शब्दमा तयार गितलाई राम चौधरीले छायाँकन तथा सम्पादन गर्नुभएको छ ।

Previous articleजुवातास खेल्दै गरेका ४ जना १ लाख बढी रकमसहित पक्राउ
Next articleनवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्धारा शपथ ग्रहण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here