गैसस महासंघ बाँकेको ९ औं अधिबेशन चैत्र २० गते हुने

नेपालगञ्ज । गैर सरकारी संस्थाहरुको छाता संगठन गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाको नवौं अधिबेशन तथा २२ औं साधारण सभा यही चैत्र २० गते हुने भएको छ । दोश्रो बाँके जिल्ला स्तरिय नागरिक सम्मेलनसहित नेपालगञ्जमा अधिबेशन हुने भएको हो ।

चैत्र ४ गते गर्ने भनिएको ९ औं अधिबेशनको मिति गैसस महासंघ नेपाल बाँके शाखाको बुधबार सम्पन्न कार्य समिति बैठकले सार्ने निर्णय गरेको हो । अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा बसेको बैठक तयारी नपुगेका कारणले अधिबेशनको मिति सारिएको जनाएको छ ।

अधिबेशन भव्यताका साथ सफल पार्नका लागि उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको संयोजकत्वमा कार्य समिति सदस्य मैमुना सिद्धकी र शंकर न्यौपाने सदस्य रहेको तयारी समिति, सचिव आशिष बर्माको संयोजकत्वमा सदस्यहरु अभिराज क्षेत्री र जयन्ती खत्री सदस्य रहेको प्रचार प्रसार समिति, कोषाध्यक्ष निर्मला सुनारको संयोवकत्वमा सदस्यहरु जयन्ती खत्री र लोक बहादुर परियार सदस्य रहेको आर्थिक समिति, कार्यसमिति सदस्य सुर्यलाल यादवको संयोजकत्वमा सदस्यहरु अर्मिला रोकाया र अभिराज क्षेत्री सदस्य रहेको संस्था आबद्धता तथा नविकरण समिति गठन गरिएको छ ।

Previous articleविप्लवको धम्की : जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरु जीवनको ख्याल गर्नु
Next articleमन्त्रिपरिषद् बैठकका निर्णयहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here