मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाण्डौं । नेपाल सरकारका मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको अत्यावश्यक बाहेक विदेश भ्रमणमा रोक लगाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री र कर्मचारीहरूले अब उप्रान्त अति आवश्यकबाहेक भ्रमण गर्न नपाउने निर्णय गरेको हो ।

उक्त निर्णय गरेकै दिन भने कृषि तथा पशुपन्छी, वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं अतिरिक्त स्वास्थ्य सचिवको वैदेशिक भ्रमण स्वीकृत गरिएको छ । यसैगरी खानेपानी मन्त्री अब्दुल खान पनि संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन जाँदै हुनुहुन्छ ।

यसैगरी पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले कोसी पम्प चन्द्र नहरको प्रणालीमा सुधारको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरूपता कायम गर्ने निर्णय बैठकले गरेको छ ।

मन्त्रिपरिषद्ले नेपाली सेनाको महासेनानी पद १ र सहायक रथी पद १ मा बढुवा गरी पदस्थापन गर्ने समेत निर्णय गरेको छ । बैठकले तल्लो लिखु जलविद्युत आयोजनाको १३२ के.भि.प्रसारण लाइन निर्माणको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

यसैगरी यती एयरलाइन्सको एटिआर ७२, नाइनएन(एएनसी विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने बैठकले निर्णय गरेको छ ।

Previous articleगैसस महासंघ बाँकेको ९ औं अधिबेशन चैत्र २० गते हुने
Next articleगौबध मुद्दामा फरार बाँके उढरापुरका छोटकौ पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here