आजदेखि डीडीसीले बढायो दुधको मूल्य

नेपालगञ्ज । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य ११ रुपैयाँ वृद्धि गरेको छ । डीडीसीले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको हो ।

यससँगै स्टाण्डर्ड दूध (निलो प्याके) को मूल्य अब प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ । डीडीसीबाट वितरण हुने आधा लिटरको प्याकेटको ४८ रुपियाँ ५० पैसा कायम भएको छ ।​

डीडीसीका महाप्रबन्धक सञ्जीव झाले मन्त्रिपरिषदको निर्णय अनुसार वृद्धि भएको मूल्यमा संस्थानले किसानबाट दूध खरिद गरिसकेको र बिहीबारदेखि उपभोक्ता मूल्य पनि बढाएको जानकारी दिनुभयो ।

चार प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस पदार्थ (एसएनफ) रहेको प्रतिलिटर दूधमा किसानले ६५ रुपियाँ पाउने झाले बताउनुभयो । डीडीसीले दूधबाहेक अन्य दुग्धजन्य पदार्थको मूल्य भने नबढाएको जनाएको छ ।

Previous articleगौबध मुद्दामा फरार बाँके उढरापुरका छोटकौ पक्राउ
Next articleबाँकेमा डढेलो नियन्त्रण कार्यक्रम शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here