गौबध मुद्दामा फरार बाँके उढरापुरका छोटकौ पक्राउ

नेपालगञ्ज । गौबध मुद्दमा नौं महिनादेखि फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके प्रहरीले गौबध मुद्दामा फरार खजुरा गाउँपालिका वडा नं-५ उढरापुरका ६५ वर्षीय चोरे भन्ने छोटकौ बेहनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धनौली खजुराका प्रमुख एव प्रहरी निरीक्षक सन्दिप बेल्बासेको कमाण्डमा खटिएको प्रहरी टोलीले फागुन ३० गते सोेही गाउँमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरेको जनाइएको छ ।

बाँके जिल्ला अदालतले २०७९ जेष्ठ ३० गते गौबध मुद्दामा ६ महिना कैदको सजाय सुनाएको थियो । हालसम्म फारर बेहनालाई यही चैत्र १ गते अदालतमा उपस्थित गराएर कारागार चलान गरिएको बाँके प्रहरीले जनाएको छ ।

Previous articleमन्त्रिपरिषद् बैठकका निर्णयहरु
Next articleआजदेखि डीडीसीले बढायो दुधको मूल्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here