एमविविएसमा नाम निकालेका आचार्यलाई आदर्शको सम्मान

नेपालगञ्ज । नेपालगञ्जस्थित आदर्श माध्यमिक विद्यालयका विद्यार्थी सुवास आचार्यले एमविविएसको प्रवेश परीक्षमा नवौं स्थानमा नाम निकाल्न सफल हुनुभएको छ ।

चिकित्सा शिक्षा आयोगद्वारा २०७९ मा प्रकाशित शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा अन्तर्गत स्नातक तहको एमविविएसको प्रवेश परीक्षमा नवौं स्थानमा आचार्यले नाम निकाल्नुभएको हो ।

उक्त परीक्षमा देशभरबाट करिब १५ हजार बढी विद्यार्थी सहभागी थिए । प्रवेश परीक्षको नजिता पश्चात आचार्यलाई आदर्श माविले बिहीबार सम्मान गरेको आदर्शका विज्ञान संकालयका संयोजक चेत चापागाईले बताउनुभयो ।

चापागाईका अनुसार आदर्शले आचार्यलाई सम्मान गर्दै पुरस्कार स्वरुप स्वास्थ्य सामर्गीसमेत प्रदान गरेको छ । उज्वल भविष्यका लागि आचार्यलाई अझ मेहेनत गर्न सम्मान गरेर हौसला प्रदान गरेको चापागाईले बताउनुभयो ।

आचार्यलाई चापागाईसहित विद्यालयका सल्लाहकार प्रकाश लामिछाने, विद्यालय प्रमुख इश्वरप्रसाद पोखरेललगायतले सम्मान गर्नुभएको थियो । सम्मान पश्चात बिद्यार्थी आचार्यले आफूलाई थप हौसला मिलेको र भाविष्यमा आफूले कडा मेहेनत गर्ने बताउनुभयो ।

जुम्ला घर भएका आचार्य नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ मा बस्नुहुन्छ । उहाँले २०७७÷७८ मा आदर्शबाट विज्ञान संकायमा १२ कक्षा उत्तिर्ण गर्नुभएको थियो । आचार्यले ५ कक्षादेखि आदर्शमा अध्ययन गर्नुभएको थियो ।

यसका अलवा आचार्यले चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परिक्षामा विडिएसतर्फ नेपाल प्रथम हुनुभएको छ । १२ कक्षा उत्तिर्ण भएपश्चात आचार्यले विडिएस र एमविविएसको तयारी गर्नुभएको थियो ।

अघिल्लो वर्ष पनि आदर्शका दुई विद्यार्थी एमविविएसमा नाम निमाल्न सफल भएका थिए । हालसम्म आदर्शबाट करिब १० जना विद्यार्थीले एमविविएसको प्रवेश परीक्षामा नाम निकालिसकेका छन् ।

Previous articleस्ववियु चुनाव : मतदान केन्द्रमा मोबाइल, पानीका बोतल लैजान नपाइने
Next articleब्रिनोज कान स्वास्थ्य संस्थाबिरुद्ध प्रशासनमा उजुरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here