सदस्यहरुको क्षमता अभिबृद्धि गर्न पिन नेपालगञ्जद्धारा तालिम प्रदान

नेपालगञ्ज । नेपाल औषधिगत विक्री प्रबन्धक संगठन (पिन) नेपालञ्ज शाखाले आफना सदस्यहरुलाई वाई कोभिजिट तथा जुहारी झ्याल बिषयमा तालिम प्रदान गरेको छ ।सदस्यहरुको व्यासायिक क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सो तालिम नेपालगञ्जमा आयोजना गरि प्रदान गरेको हो ।

पिन नेपालगञ्ज शाखाका अध्यक्ष दमन थापाको अध्यक्षता तथा नेपाल औषधीगत विक्री प्रबन्धक संगठन (पिन) का पुर्व राष्ट्रिय महासचिव तथा आईडियल फार्मास्युटिकल्स् प्रा.लि.का कार्यकारी निर्देशक शरद चन्द्र ओझा बिशेष प्रशिक्षणमा संचालन गरिएको थियो ।

तालिममा ३३ जनाको सहभागिता रहेको थियो । सो तालिममा पिन नेपालगञ्ज शाखाका उपाध्यक्ष रोहित कुमार भट्टले स्वागत स्वगत मन्तव्य राख्नुभएको थियो भने शाखाका निवर्तमान अध्यक्ष भक्तराज उप्रेतीले शुभकामना स्वगत मन्तव्य राख्नुभएको थियो ।

अतिथिको तर्फबाट पिन नेपालगञ्ज शाखाका वरिष्ट सदस्य प्रेम खरेलले मन्तव्य राख्नु भएको थियो । तालिम पश्चात सहभागीहरुको तर्फबाट अर्जुन भट्टराई तालिमको उपयोगिता तथा यसले सम्पुर्णको व्यासायिक कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने सुझाव राख्दै आउने दिनमा यस प्रकारको तालिमहरुको निरन्तरता दिन अनुरोध गर्नुभयो ।

तालिमका प्रशिक्षक तथा नेपाल औषधिगत विक्री प्रबन्धक संगठन (पिन) का पुर्व राष्ट्रिय महासचिव र आईडियल फार्मास्युटिकल्स् प्रा.लि.का कार्यकारी निर्देशक ओझाले पिन नेपालगञ्जले तालिम संगसंगै सामाजिक उत्तरदायित्व बहन गर्दै सो क्षेत्रमा पनि कार्यहरु अगाडी बढाउन सुझाव दिनुभयो ।

साथै उहाँले शाखालाई उत्कृष्ट शाखाका रुपमा स्थापित गर्न सुझाव दिनुभएको थियो । तालिमलाई समापन गर्दै पिन नेपालगञ्ज शाखाका अध्यक्ष थापाले नेपालगञ्ज शाखाले आगामी दिन सम्पुर्णको साथ र सहयोगको अपेक्षासहित नयाँ नयाँ कार्यक्रम गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको शाखाका महासचिव विशाल विक्रम वर्माले जानकारी दिनुभयो ।

Previous articleब्रिनोज कान स्वास्थ्य संस्थाबिरुद्ध प्रशासनमा उजुरी
Next articleइक्वेडरमा ६.७ म्याग्निच्युडको भूकम्प, १३ जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here