बीरेन्द्रनगरमा नवजात शिशुको शव फेला

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एक नवजात शिशुको शव फेला परेको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं ७ ईत्रामस्थित शंकरचोक नजिकैको बासको झ्याङ्गबाट कुकुरले घिसारेर ल्याउँदै गरेको अवस्थामा आइतबार बिहान शव फेला परेको हो ।

बाँसको झ्याङ्गबाट कुकुरले शव घिसारेर ल्याउँदै गरेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार शिशुको घाँटीमा एअरफोन बेरिएको छ ।

बच्चा जन्मने वित्तिकै मारेर फालेको हुन सक्ने उनीहरुको आशंका छ । प्रहरीले यसबारेमा अनुसन्धान भइरहेको बताएको छ ।

Previous articleइक्वेडरमा ६.७ म्याग्निच्युडको भूकम्प, १३ जनाको मृत्यु
Next articleहोटलबाटै आमा हराएपछि दुई बालबालिका अलपत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here