होटलबाटै आमा हराएपछि दुई बालबालिका अलपत्र

नेपालगञ्ज । कैलालीको अत्तरियामा दुई बालबालिका अलपत्र अवस्थामा भेटिएका छन् ।

अत्तरिया बसपार्क नजिकैको रौला केदार होटलमा बझाङको खप्तडछान्ना घर बताउने ६ वर्षीया बालिका र उनका चार वर्षीय भाइ अलपत्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बरालले शनिबार साँझ उनीहरू दुवै बालबालिकाको होटलबाट उद्धार गरिएको जानकारी दिनुभयो ।

आमाको नाम सरिता गिरी र बुवाको नाम गणेश गिरी बताउने उनीहरु आमासँगै भारतबाट आएको खुलेको डीएसपी बरालले बताउनुभयो । तर, उनीहरुलाई होटलमै छोडेर आमा कहाँ गइन् भन्ने खुलेको छैन ।

उहाँका अनुसार होटलबाट उद्धार गरिएका बालबालिकालाई अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसमा राखिएको छ ।

Previous articleबीरेन्द्रनगरमा नवजात शिशुको शव फेला
Next articleबृत्तचित्र ‘कालले नरुचाएको मान्छे’ प्रर्दशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here