
दाङ । दाङमा बिरामी आफन्त भेट्न आउँदै गरेका प्युठानका एक व्यक्तिको मोटरसाइकल दुर्घटनामा परी बाटोमै मृत्यु भएको छ ।
प्युठान, नौबहिनी गाँउपालिका वडा नम्बर ६ का ३२ वर्षीय राजन केसीको उपचारका क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । राजनकी श्रीमती र छोरी गम्भीर घाइते छन् ।
सोमबार बेलुका ६ बजेतिर घोराहीबाट लमहीतर्फ जाँदै गरेको ०३-००१ क ०१६९ नम्बरको मिनी ट्रकले राजनले चलाएको बागमती प्रदेश ०२-०१६ प ३६५७ नम्बरको मोटरसाइकललाई घोराही-लमही सडक खण्डको घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुइरेपानीमा ठक्कर दिएको थियो ।
प्रवक्ता गौतमका अनुसार उहाँहरु दाङमा एक जना बिरामी आफन्तलाई भेट्न भनेर घोराहीतर्फ आइरहेको खुलेको छ । छोरीलाई मोटरसाइकलको बीचमा राखेर यात्रारत उहाँहरूलाई कुखुरा बोक्ने मिनी ट्रकले ठक्कर दिएको थियो ।





