नेपाल सीमा क्षेत्र नजिकबाट २० करोडको चरेस बरामद

सन्तोष शुक्ला, रुपैडिहा । नेपाल भारत सीमा क्षेत्र नजिकै भारतीय क्षेत्रमा पार्किङ्ग गाडी (कार) बाट ठुलो मात्राको बेवारिस अवस्थामा रहेको चरेस बरामद गरेको छ । भारतीय सीमा क्षेत्रमा रहेको भारतीय नम्बरकै गाडीबाट २० करोड भारतीय रुपैया बराबरको चरेस प्रहरीले बरामद गरेको हो ।

भारतीय सीमा शसस्त्र बल (एसएसबी) र भारतीय प्रहरीको संयुक्त गस्ती टोलीले शुक्रबार राती सो चरेस बरामद गरेको छ । डग स्क्वाइडमार्फत भएको गस्तीकै क्रममा कारबाट ५० प्याकेट बनाएर राखिएको चरेस फेला परेको भारतीय प्रहरीले जनाएको छ ।

प्रहरी अधिक्षक प्रशान्त बर्माका अनुसार रुपैडिहा थाना प्रभारी निरीक्षक श्रीधर पाठक, एस एस आई रुदल बहादुर सिंह, एसआई अश्वनी कुमार पाण्डेय, हेड कांस्टेबल रबि सिंह, कांस्टेबल गोबिन्द यादव, सुरज यादव, भरत यादव, राहुल सिंह र राधा मिश्राको संयुक्त गस्ती टोली तथा एसएसबीको ४२ बाहिनीका एसआई भृगुनाथ प्रसाद, कांस्टेबल जुबराज प्रधान, राकेश कुमार (डग हेण्डलर), प्रनवेश देवनाथ, बिरेन्द्र कुमार, रंजना, नेहा, साधना सिन्हा र शिव कुमारीको संयुक्त गस्ती टोली खटिएको थियो ।

एसएसबीका अनुसार एसएसबीको चेकपोष्ट नजिकै युके ०७ डिएम ३४३१ नम्बरको गाडी (कार) पार्किङ्गमा रहेको थियो । उक्त गाडी शंकास्पद देखिएपछि डग स्क्वाईडको सहयोगमा गाडीको चेकजाँच गर्दा ५० किलो चरेस र २ लाख ९८ हजार भारतीय रुपैया फेला परेको थियो । एसएसबीका अनुसार बरामद चरेसको अन्तर्राष्ट्रिय मुल्य करिब २० करोड रहेको छ ।

प्रहरीले उक्त कार र बरामद चरेस, नगद नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाएको छ भने कार धनीको हालसम्म पत्ता नलागेको र खोजी कार्य जारी रहेको जनाएको छ । भारतीय प्रहरीले उक्त चरेस नेपालबाट लगिएको दाबी गरेको छ ।

Previous articleमिनि ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु, पत्नी र छोरीको अवस्था गम्भीर
Next articleमधुवनमा बाघको आक्रमणबाट दुई महिलाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here