मधुवनमा बाघको आक्रमणबाट दुई महिलाको मृत्यु

file photo

गुलरिया । बर्दियामा बाघको आक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ ।

सामुदायिक वनमा दाउरा खोज्न गएका मधुवन नगरपालिका-५ की ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बुढाले जानकारी दिनुभयो ।

बिहान ११ बजे चिरौटे सामुदायिक वनमा दाउरा खोज्न निस्किएका उहाँहरु दिउँसोसम्म पनि जंगलबाट नफर्केपछि परिवार, आफन्तले खोज तलास गर्न जादा जंगलमा शव फेला परेको थियो ।

मृतक दुई जनाको शव जिल्ला अस्पताल बर्दियामा राखिएको छ ।

Previous articleनेपाल सीमा क्षेत्र नजिकबाट २० करोडको चरेस बरामद
Next articleडुडुवामा खोप लगाउन छुटेकाको पहिचान शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here