ठाकुरबाबा र गेरुवामा जेसी परिक्षण अभिमुखिकरण

ठाकुरबाबा । बर्दियाको ठाकुरबाबा नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षण अन्तर्गत अभिमुखिकरण गरिएको छ । ठाकुरबाबा नगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ मा उक्त अभिमुखिकरण गरिएको हो ।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक राम लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा लैंगिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षणको अवधारणा, प्रक्रियाका बिषयमा कार्यपालिका, शाखा प्रमुख र सरोकारवालाहरुका बिचमा जानकारी गराईएको हो ।

बासका निर्देशक तथा परिक्षक हेमराज भट्टले लैससास परिक्षण को अवधारणा तथा प्रक्रियाका बिषयमा जानकारी गराउनुभएको थियो ।

सो क्रममा नगर प्रमुख लम्सालको संयोजकत्वमा ठाकुरबाबा नगरपालिका स्तरीय लैससास कार्यान्वयन समिति गठन गरिएको छ, भने नगर उपप्रमुख बिना कुमारी भट्राईको संयोजकत्वमा लैससास परिक्षण कार्यदल गठन गरिएको छ ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख भट्राईले लैससास परिक्षणले पालिकाको कामको उपलब्धी मापन गर्ने भएकाले शाखा प्रमुखहरुले महत्वका साथ परिक्षणमा सहभागिता जनाउन अनुरोध गर्नुभयो । उहाँले जेसी परिक्षण पालिकाको परिक्षण भएकाले सम्पूर्ण प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बासका केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलातीले सञ्चालन गरेको अभिमुखिकरणमा स्वागत महिला तथा बालवालिका शाखा प्रमुख तथा नगरपालिकाका जेसी फोकल पर्सन गोगन सरा आचार्यले गर्नुभएको थियो ।

प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेशको सहयोग, ठाकुरबाबा नगरपालिकाको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

यसैगरी मंगलबार नै बर्दियाको गेरुवा गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षण अन्तरगत अभिमुखिकरण गरिएको छ । अभिमुखिकरणको सहजिकरण परिक्षक मन बहादुर भण्डारीले गर्नुभएको थियो ।

Previous articleनेपालगञ्जका किशोर-किशोरीलाई उघु उद्यम बिकास तालिम प्रदान
Next articleयौन तथा प्रजनन स्वास्थ्यबारे बर्दियाका बिद्यालयहरुमा कार्यशाला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here