
नेपालगञ्ज । नेपालगञ्जमा संचालित लघु उद्यम बिकास सम्बन्धि पाँच दिने तालिम मंगलबार नेपालगञ्जमा सकिएको छ ।
उद्यम बिकासतर्फ प्रेरित गरि आर्थिक आर्जनका लागि सक्रिय बनाउन किशोर किशोरीहरुका लागि चैत्र ३ गतेदेखि संचालन भएको पाँच दिने तालिम मंगलबार एक समारोहकाबीच समापन भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्यमा सामाजिक बिकास मंच (एस डि एफ) बाँकेले संचालन गरेको तालिममा नेपालगञ्ज वडा नं २, ८, १२, २१ र २२ का किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।
तालिम संचालनका क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष मनोज श्रेष्ठ, वडा नं ८ का वडा अध्यक्ष रजनीश बाजपेई र वडा नं १२ का तरुण बज्राचार्यले उपस्थिति जनाउनुभएको थियो ।
प्रेरक भनाई तथा समसामायीक बिषयबस्तुमार्फत सहभागिहरुलाई उचित कुराहरुमा निर्देशित गर्न वडा अध्यक्षले भूमिका निर्वाह गर्नुभएको थियो ।
एस डि एफ बाँके) ले नेपालगञ्जमा संचालन गरेको पावर फोर एवाई परियोजनाले सो तालिमको समापनमा मंचका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, मंचका कार्यक्रम संयोजक राम श्रेष्ठ लगायतले प्रमाण पत्र बितरण गर्नुभएको थियो ।
जीवन उपयोगी सीप लिएका २२ जना किशोर किशोरी सहभागि तालिमलाई मंचका सिनियर कार्यक्रम अधिकृत बृजेश ठाकुर र फिल्ड अधिकृत पुजा बर्माले सहजीकरण गर्नुभएको थियो ।
गरिबीको रेखामुखि रहेका स्थानीय श्रोत साधनको प्रयोग गरी स्थानीय स्तरमै रोजगारी सृजना गर्न तालिम संचालन गरिएको हो ।









