
बाँके । काेराेना महामारीको नियन्त्रणका लागि निरन्तर खटिंदै आउनुभएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका सह-प्रमुख जागेश्वर बस्नेतलाई काेराेना संक्रमण पुष्टि भएकाे छ ।
काेराेना महामारीको नियन्त्रण तथा न्युनिकरणका लागि शुरूवाती चरणदेखि नै फ्रन्टलाईनमा रहेर बस्नेतले जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियाे ।
बस्नेतलाई महामारीको ६ महिनापछि शनिबार काेराेना संक्रमण पुष्टि भएकाे बाँकेका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयाे ।
सह-प्रमुख बस्नेत भारतबाट आउने नेपालीलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्ने, क्वारेन्टाइन तथा त्यहाँ खटिने स्वास्थ्य, सुरक्षाकर्मी , काराेना संक्रमितलाई अाईसाेलेशनमा पठाउने कार्यको व्यवस्थापन गर्ने जिम्मेवारी सम्हाल्नुभएकाे थियाे ।





