
बाँके । काेराेना संक्रमण देखिएका नेपालगन्जका थप एक व्यक्तिको मृत्यु भएको छ ।
उनकाे शनिबार दिउँसो उपचारकाे क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्युु भएकाे हाे ।
बाँकेका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज-१२, कोरियनपुरका ६० बर्षिय पुरुषको शनिबार पाैने पाँच बजे मृत्यु भएकाे छ ।
मृतक व्यक्ति असोज १५ गते भेरीकाे अाईसाेलेशन वार्डमा उपचारका लागि भर्ना भएका थिए ।
उपचारको क्रममा एन्टिबायोटिक्स/रेमडेसिभर लगायतका बिधिबाट उपचार गर्दागर्दै शनिबार उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
मृतक व्यक्ति बिगत लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा मुटु सम्बन्धि स्वास्थ्य समस्या रहेको उक्त नोटमा जनाइएको छ ।
यो संगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।





