२३ सिसि कोरेक्स सहित दुई पक्राउ

बाँके । प्रहरीले लागुऔषध कोरेक्स सहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनकट्टीले लागुऔषध सहित २ जनालाई शनिबार साँझ पक्राउ गरेको हो ।

लु.६१ प ६७२७ नम्बरको मोटरसाईकल खानतलासी गर्दा आलुको बोराभित्र २३ सि.सि. कोरेक्स बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ पर्नेहरुमा नेपालगञ्ज–२० मनिकापुरका ईन्द्र देब खटिक र डुडुवा–५ जब्दहवाका कृष्ण सुनार रहेका छन् ।

Previous articleस्वास्थ्य शाखा उप-संयाेजक जागेश्वर बस्नेतलाई कारेाना संक्रमण
Next article२५ थान अबैध मोबाईल सेटसहित नेपालगञ्जका सोनी पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here