कांग्रेस नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

एजेन्सीँ । भारतको गुजरात प्रदेशको सूरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई आपराधिक मानहानीसँग जोडिएको एक मुद्दामा दोषी ठहर गरेको छ ।

सन् २०१९ को यो विषय ‘मोदी सरनेम’ लाई लिएर कांग्रेस नेता गान्धीको एक टिप्पणीसँग जोडिएको थियो । राहुल गान्धीले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै चोरको थर मोदी हुन्छ रु’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

यही अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) विधायक एवम् गुजरातका पूर्वमन्त्री पुर्णेश मोदीले गान्धीविरुद्ध उजुरी दिनुभएको थियो ।

अदालतले कांग्रेस नेता गान्धीलाई आफ्नो फैसलाको विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिँदै तत्कालका लागि धरौटीमा छोडेको छ । गान्धी मुद्दाको सुनुवाइको बेला बिहीवार सूरत जिल्ला अदालतमा उपस्थित हुनुहुन्थ्यो

Previous articleफोहरमार्फत मासिक ४० हजार कमाउँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
Next articleबाँकेमा सामुदायिक वनका अध्यक्षसहित आठ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here