राप्तीसोनारीका दुई सहकारीमा चोरी

राप्तीसोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न-३ स्थित नारायणपुरका दुई वटा सहकारी संस्थाको कार्यालयमा चोरी भएको छ ।

भुवर भवानी बहुउदेश्यीय कृषक सहकारी संस्था लिमिटेड र वन तथा वातावरण संरक्षण बहुउदेश्यीय सहकारी संस्था लिमिटेडमा बिहीबार राती चोरी भएका हो ।

भुवर भवानी सहकारीको कार्यालयबाट २ लाख १६ हजार ४ सय ८७ रुपयौ चोरी भएको व्यवस्थापन अध्यक्ष दिलप कुमार डाँगीले बताउनुभयो ।

यस्तै वन तथा वातावरण सहकारीको कार्यालयबाट ६२ हजार २ सय २५ चोरी भएको व्यवस्थापक वस्नत कुमार रावतले जानकारी दिनुभयो ।

चोरी घटनाबारे थप अनुसन्धान शुरु गरिएको ईलाका पहरी धामपुरका ईन्चार प्रविन डाँगीले बताउनुभयो ।

Previous articleमुगुको भिई केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प
Next articleनेपालगञ्जमा छैन चहल-पहल, बजार क्षेत्र सुनसान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here