
नेपालगन्ज । राम नवमी, रामको पूजा आराधना गरी देशभरी श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ । हिन्दु धर्मग्रन्थ अनुसार चैत्र शुक्ल नवमी तिथिमा पर्ने आजको दिनलाई भगवान श्रीरामको जन्मदिनको रूपमा लिइन्छ ।
रामनवमीको अवसर पारेर आज नेपाल शिवसेनाले बाँके नेपालगन्जमा धुमधामका साथ मोटरसाइकल तथा पैदल र्याली निकालेको थियोे ।
बागेश्वरी मन्दिर परिसरबाट निकालिएको र्याली सदरलाईन, त्रिभुवन चोक, विपि चोक, सुर्खेत रोड हुदै बिरेन्द्र चोक (धम्बोजी), सेतुबिक चोक, न्युरोड हुदै पुन त्रिवेणी मोड हुँदै राम मन्दिर पुगेर आरति तथा पुजाआजा गरेर समापन गरेको थियोे ।
र्यालीकै क्रममा त्रिभुवन चोकमा पहिलोपटक नेपाल शिवसेनाले सडकमै बसेर हनुमान चालिसा पाठ पढेर जन्मउत्सव अथवा रामनवमी मनाएको थियोे ।
त्यस्तै धम्बोजिमा पनि नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष किशोर लामा र निवर्तमान अध्यक्ष राजकुमार रौनियारले सम्पुर्ण सनातन हिन्दु धर्मलम्बी तथा उपस्थित र्यालीमा शिवसैनिकलाई धन्यवाद साथै सम्पुर्ण सनातनि हिन्दु एक जुट भई हिन्दुमाथि हुने विभेदलाई रोक्न एकजुट हुनुपर्ने र नेपाल हिन्दु राष्ट हुनुपर्ने भन्दै आफ्नो भनाइ राख्नुभएको थियो भने र्याली तथा कार्यक्रमको संचालन नेपाल शिवसेनाका केन्द्रीय महासचिव मंगल जिएमले गर्नुभएको थियो ।





