चैत्र १८ गते कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलन तय

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको यही १८ गते प्रथम जिल्ला अधिवेशन हुने भएको छ । कांग्रेस बाँकेले १४औं जिल्ला अधिवेशन पश्चात प्रथम जिल्ला सम्मेलन यही चैत्र १८ गते आयोजन गर्न लागेको जनाएको छ ।

सुर्खेतरोडस्थित सिद्धार्थ कटेजमा विहान १०.०० बजे सुरु हुने सम्मेलनमा १ हजार ६ सय प्रतिनिधि सहभागी हुने बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । सम्मेलनलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गर्ने तय भएको कांग्रेस बाँके सभापति नारायण प्रसाद गौडेलले जानकारी दिनुभयो ।

सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । सम्मेलनमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवदेन, बार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरणसंगै प्रजातन्त्र सेनानीहरु, पूर्वपार्टी सभापतिहरु, उत्कृष्ट वडासभापतिहरु, महिला वडा सभापतिहरु, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दका घाइतेहरुलाई सम्मान गर्ने कार्यक्रम रहनेछ ।

कांग्रेसको विधान र नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेको निर्णय अनुसार जिल्लाभित्र रहेका वडा र प्रतिनिधिसभा क्षेत्रले बर्षको २ पटक तथा पालिका, प्रदेश र जिल्लाले बार्षिकरुपमा १ पटक सम्मेलन गर्नुपर्ने व्यवस्था भएबमोजिम जिल्लाले बार्षिक सम्मेलन गर्न लागेको हो । जिल्ला सम्मेलन विगतको समिक्षा र आगतको कार्ययोजना प्रस्तुत गर्ने थलो हुने भएकाले उल्लासपूर्ण सम्पन्न तयारी गरिएको छ ।

Previous articleनेपालमा बसेको आशंका गरिका सिंहको आत्मसमर्पणका ३ सर्त
Next articleराम नवमीको अवसरमा नेपालगञ्जमा भब्य र्याली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here