आगलागी नियन्त्रणको घटना अभ्यास

नेपालगंज । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम घटना अभ्यास बुधवार नेपालगंजमा सम्पन्न भएको छ । आगीपुर बस्तीमा अचानक आगलागी हुदाँ ८ घरपरिवार प्रभावित भएका थिए ।

स्थानीय बासीको प्रयास गर्दागर्दै आगो नियन्त्रण नभएपछि जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्रमा स्थानीय बासीले सूचना गरे पछि सुरक्षा निकाय नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको परिदृष्य देखाइएको थियो । आगो नियन्त्रणका लागि घरेलु तथा आधुनिक उपकरण प्रयोग गरिएको थियो ।

यसैगरी आगोमा परी घाइते भएका ६ जनाको उद्धार गरी प्राथमिक उपचार केन्द्रमा तत्काल उपचार गरी अस्पताल पठाइएको थियो ।

बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष विपिन आर्चायले सरकारसंग उपलब्ध जनशक्तिहरुको क्षमता अभिबृद्धिका लागि हरेक वर्ष कृत्रिम घटना अभ्यास गर्दै आएको र आवश्यक परेको वेला तत्काल विपद्मा उद्धार गर्न परिचालन गर्ने अभिप्रायले यस्तो अभ्यास गरिएको बताउनु भयो ।

उहाँले पूर्वतयारीले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने कुरा उल्लेख गर्नु भयो । नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाद्वारा तालिम प्राप्त प्राथमिक उपचार स्वयंसेवक घाइतेहरुको उपचारका लागि परिचालन भएका थिए ।

प्रमुख जिल्ला अधिकारी विपिन आर्चायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगंज उपमहानगरपालिका मेयर प्रशासन्त विष्ट, गाउँपालिका अध्यक्ष एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सिंह सम्झना, पदाधिकारी तथा सदस्य र नेपालगंज नगरपालिका भित्रका रेडक्रस उपशाखाका सभापतिहरुको सहभागिता रहेको थियो ।

Previous articleनेपालगञ्जमा पहिलोपटक सडक व्यवसायीलाई सचेतना तालिम
Next articleभर्ना अभियान २०८० लाई सफल बनाउन बारबर्दियाकाे १२ बुँदे अपिल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here