आज राष्ट्रिय झण्डा दिवस मनाइदै

नेपालगञ्ज । बैशाख १ गते नयाँ वर्ष अर्थात आज राष्ट्रिय झण्डा दिवसको मनाइने भएको छ । नेपालगन्जको रामलिला मैदानमा बेलुकी ५ बजेर २९ मिनेटमा झण्डा दिवसका कार्यक्रम गरिने भएको हो ।

राष्ट्र र राष्ट्रियताको प्रतिकको रुपमा रहेको झण्डाले सबैलाई एक शुत्रमा बाध्ने गरेको कुरालाई महशुस गर्दै गैर सरकारी संस्थाहरुको अगुवाईमा नेपालगन्जबाट पहिलो पटक मनाउन थालिएको झण्डा दिवस लोकप्रिय बन्दै आएको छ ।

अन्तरालको ब्यपस्थापन तथा बास नेपाल र गैरसरकारी संस्था महासँघ बाँकेको आयोजनामा उक्त दिवस मनाउन थालिएको हो । नयाँ बर्षको पहिलो दिन देशको शान राष्ट्रिय झण्डा दिवसमा स्वस्फूर्त सहभागिता जनाउन सम्पूर्ण बाँके बासिहरुलाई आयोजकले अपिल गरेको छ ।

नेपालगञ्जमा क्रियाशिल अन्तरालले २०७३ साल बैशाख १ गते देखि झण्डा दिवस बनाउन शुरु गरेको हो । पहिलो बर्ष राष्ट्र गानका रचयिता व्याकुल माईलाको प्रमुख उपस्थितीमा दिवस नेपालगञ्ज रंगशालामा सम्पन्न भएको थियो भने दोश्रो बर्ष २०७४ बैशाख १ गते चन्द्र शुर्य अभियानका अभियन्ता, कलाकार, बिमान चालक बिजय लामा र नेपाल पत्रकार महासँघका पूर्ब केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतिथ्यतामा नेपालगञ्जको रामलिला मैदानमा सम्पन्न भएको थियो भने तेस्रो बर्ष जनप्रतिनिधि, सिने क्षेत्रका कलाकारहरुको उपस्थितीमा नेपालगञ्जको रामलिला मैदानमै दिवस सम्पन्न भएको थियो ।

तेस्रो बर्ष काठमाण्डौंको माईतिघर मण्डलामा साहित्यकार, संस्कृतिबिद् सत्यमोहन जोशीको उपस्थितीमा दिवस सम्पन्न भएको थियो भने पोखरा लगाएतका स्थानहरुमा पनि दिवस बनाईएको थियो ।

चौथो बर्ष अन्तरालले नेपालगञ्जमा बाससँगको साझेदारीमा राष्ट्रिय झण्डा दिवस नेपालगञ्जको बी.पि. चौकमा मनाएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्सेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतको उपस्थितीमा सम्पन्न भएको थियो ।

बास नेपालले झण्डा दिवस अर्थात बैशाख १ गते देशभरका ७७ औटै जिल्ला शाखामा संयुक्त कार्यक्रमको रुपमा झण्डा दिवस मनाउन सर्कुलर गरिसकेको छ ।

Previous articleभर्ना अभियान २०८० लाई सफल बनाउन बारबर्दियाकाे १२ बुँदे अपिल
Next articleआज बिक्रम सम्वत २०८० अर्थात नयाँ वर्ष

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here