दिगो सिकाईमा जोड दिँदै माबि बन्जारेगाउँमा भर्ना कार्यक्रम शुरु

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं-३ स्थित श्री माध्यमिक बिद्यालय बन्जारे गाउँले बिद्यार्थी भर्ना अभियान शुरु गरेको छ । बिद्यालयका प्रधानाध्यापक आदित्य कुमार बर्माका अनुसार सरकारले तोकेको मितिदेखि बिद्यालयमा भर्ना अभियान शुरु भएको हो ।

सबै बालबालिकालाई बिद्यालय ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ यस वर्षको भर्ना अभियान संचालन गरिएको छ ।

भर्ना अभियानका क्रममा बिद्यालयले १ देखि ९ कक्षासम्म अध्ययन गर्ने आफ्ना बालबालिकालाई समयमै बिद्यालयमा भर्ना गर्न अभिभावक तथा परिवारलाई अनुरोध गरिएको प्राधानाध्यापक बर्माले बताउनुभयो ।

माध्यमिक कक्षासम्मको अध्ययन अध्यापन गरिरहेको बिद्यालयले अनुभवी प्रअ र शिक्षकहरुमार्फत कक्षा संचालन तथा बिषयगत शिक्षकहरुको व्यवस्था रहेको प्रअ बर्माले जानकारी दिनुभयो ।

गुणस्तरीय शिक्षण कार्यका लागि बिद्यालयले कम्प्यूटर कक्ष, खेलकुद, प्रयाप्त शैक्षिक सामाग्री, भौतिक पूर्वाधार सम्पन्न, खानेपानी र धाराको व्यवस्था, छात्र र छात्रा शौचालयका लागि छुट्टा छुट्टै शौचालयको व्यवस्था भएको, १ देखि कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था रहेको छ ।

यस्तै गरिब, जेहेन्दार, जनजाती र दलित छात्र, छात्राहरुलाई छात्रबृतिको व्यवस्था, प्रत्येक वर्ष शैक्षिक भ्रमण गराउनुका साथै बिद्यालयमै इन्टरनेट सुबिधासहित र बालमैत्री व्यवहारमार्फत पठन पाठन संचालन गरिएको छ ।

Previous articleविद्यार्थी भर्ना अभियान शुरु
Next articleशैक्षिक गुणस्तर बृद्धिका लागि गुलरिया र ठाकुरबाबामा तालिम शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here