निर्देशक सुवेदीकाे `सजनी माेर´ सार्वजनिक

नेपालगन्ज । चर्चित निर्देशक नवराज सुवेदीकाे थारू भाषाकाे सजनी माेर बाेलकाे गीत सार्वजनिक भएकाे छ ।

पछिल्लो समय विभिन्न गीतहरूकाे उत्कृष्ट निर्देशनमार्फत चर्चामा रहनुभएका सुवेदीकाे थारू भाषाकाे सजनी माेर बाेलकाे गीत शुक्रबार सार्वजनिक गरिएको हाे । गीतलाई सेविल ईन्टरटेनमेन्ट यूट्युबमार्फत सार्वजनिक गरिएसंगै गीतले पनि चर्चा पाईरहेकाे छ ।

निर्देशक सुवेदीका सबै गीतहरू स्थानीय पर्यटकीय स्थलहरूमा छायांकन हुने गरेकाे छ । स्यथाीय स्तरमा गरिने छायांकनले पर्यटन प्रवर्द्धनमा समेत सहयाेग पुग्ने निर्देशक सुवेदीकाे भनाई छ ।

सजनी माेरमा रमेश खनाल र साेना बज्राचार्यकाे उत्कृष्ट अभिनय छ, भने गीतमा संगीत चाैधरी र अन्नु चाैधरीकाे स्वर रहेकाे छ । गीतलाई कुमार चाैधरीले संगीत दिनुभएको छ ।

निर्देशक सुवेदीकाे निर्देशनमा हालसम्म १२ वटा थारू भाषाकाे म्यूजिक भिडियाे सार्जवनिक भएका छन् । यसका साथै सुवेदीले ४५ वटा आधुनिक, ५ वटा झ्याउरे र १ वटा भजनकाे भिडियाेकाे उत्कृष्ट निर्देशन गर्नुभएकाे छ ।

आफ्नाे निर्दशकीय खुबीकै कारण पछिल्लो समय पश्चिम नेपालमा चर्चित निर्देशककाे सुवेदीले आफ्नाे स्थान बनाउन सफल हुनुभएकाे छ ।

Previous articleहर्षाेल्लासका साथ अलबिदाकाे नमाज
Next articleखलिस्तान समर्थक अमृतपाल सिंह पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here