खलिस्तान समर्थक अमृतपाल सिंह पक्राउ

नेपालगन्ज । खलिस्तान समर्थक अमृतपाल सिंह भारतमा पक्राउ परेका छन् । उनी पक्राउ परेको पन्जाबका प्रहरी अधिकृतहरुले पुष्टि गरेका छन् ।

शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका छन् । त्यो संगठनका प्रमुख अमृतपाल सिंह नेपालमा लुकेर बसेको नेपालस्थित भारतीय दूतावासले दावी गरेको थियो । तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो ।

अमृतपाल सिंहको बारेमा प्रतिनिधि सभामा पनि कुरा उठेको थियो । तर पन्जाब प्रहरीले अमृतपाल सिंह पन्जाबकै मोगा भन्ने स्थानबाट पक्राउ परेको जनाएको छ ।

Previous articleनिर्देशक सुवेदीकाे `सजनी माेर´ सार्वजनिक
Next articleहिन्दु धर्मावलम्बीले अक्षय तृतीया मनाउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here