बाँकेमा कोरोनाका २४ बिरामी सिकिस्त

बाँके । बाँकेमा २४ जना कोरोनाका बिरामी सिकिस्त छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लाका बिभिन्न कोरोना बिशेष अस्पतालमा रहेका बिरामीमध्ये २४ जना बिरामी सिकिस्त रहेका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा रहेका ६७ जना बिरामीमध्ये १२ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रहेका ७४ जनामध्ये १२ जना बिरामी सिकिस्त रहेको बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै भेरीमा ५४ जना मध्यम खालका तथा १ जना सामान्य र कोहलपुरमा ३६ जना मध्यम खालको तथा २६ जना सामान्य खालका बिरामी रहेका छन् । कोभिड–१९ बिशेष दुबै अस्पतालमा हाल ५९ जना महिला र ८२ जना पुरुष गरी १४१ जना बिरामी भर्ना रहेको जनाइएको छ ।

Previous articleडा.केसीको जीवन रक्षाका लागि बार्ता टोली गठन गर्न नागरिक समाजका अगुवाको माग
Next article९० हजार बढिको सामाग्री विओपीले समात्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here