मानव जीवनलाई स्वस्थ राख्न योग अपरिहार्य : मेयर बिष्ट

नेपालगञ्ज । मानिसको जीवनमा गाँस, बास र कपास आवश्यक भएजस्तै योग अभ्यास रहेको नेपालगञ्जका मेयर प्रशान्त बिष्टले बताउनुभएको छ ।

जसरी गाँस, बास र कपासले मानिसको जीवनमा मुख्य योगदान मानिन्छ त्यसरी नै योगाभ्यासको पनि योगदान रहेको मेयर बिष्टले बताउनुभयो ।

योग समिति नेपालले पाँचौ स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानव जीवनलाई स्वस्थ, सन्तुलित, तन्दुरुस्त र सुन्दर बनाउन योग अपरिहार्य रहेको बताउनुभएको हो ।

नियमित योगले मात्र मानव जीवन स्वस्थ रहन सक्ने भन्दै मेयर बिष्टले आफ्नो दैनिक जीवनको केही समय योगका लागि छुट्ट्याएर स्वस्थ जीवनशैलीका लागि प्रतिबद्ध रहन आग्रह गर्नुभयो ।योग समिति नेपालका अध्यक्ष एवं योग गुरु गिरिराज भट्टराईले नियमित योग विनाको जीवनशैली अब कल्पना पनि गर्न नसकिने बताउनुभयो । भट्टराईले नेपालगञ्जका विभिन्न स्थानमा नियमित योग गराउँदै आउनुभएको छ ।

योग समिति नेपालले नेपालगञ्जका बिभिन्न क्षेत्रसंगै जिल्लाका तमाम स्थानहरुमा योग संस्कृतिको विकास गरेको छ । योग गर्ने मानिसहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

२०७६ साल जेष्ठ १० गते स्थापना भएको योग समिति नेपालले बाँके जिल्लाका साथै बर्दिया, कपिलबस्तु र नवलपरासीमा पनि योग अभ्यास बिस्तार गरेको छ ।

बिभिन्न व्यक्तिहरु सम्मानित
समितिले स्थापना दिवसको अवसरमा बिभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गरेको छ । कार्यसमितिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने योग गुरु निर्मला शाह, कार्यमूल्याँकनको आधारमा योग गुरु प्रेम केसी, प्रमोद अग्रवाल, भरत महतो, पुष्पा खनाल सम्मानित हुनुभएको छ ।

यसैगरी योग प्रेरकमार्फत प्रेम केसी र उत्कृष्ट योग अभ्यासीमार्फत सबिता शर्मालाई सम्मान प्रदान गरिएको छ ।

Previous articleपिकनिकमा गएका दुई किशोरीको राप्तीमा डुबेर मृत्यु
Next articleनेपालगन्जका वडाहरूमा पाठेघर सम्बन्धि नि:शुल्क परीक्षण शिविर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here