भेरीको परीक्षणबाट एक दिनमा हालसम्मकै सर्वाधिक १०३ जनामा कोरोना पुष्टि

बाँके । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा परीक्षण भएको थ्रोट स्वाब नमूनामध्ये अहिलेसम्मकै एकैदिनमा धेरै कोरोना संक्रमण भएकाको संख्या शनिबार पुष्टि भएको छ ।

भेरी अस्पतालका अनुसार शनिबार एकैदिनमा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरीको प्रयोगशाालमा गत २४ घन्टामा परीक्षण भएको ४१२ नमुनामा १०३ जनामा संक्रमण भेटिएको जनाइएको छ । पुष्टि भएकाहरुमा बर्दिया जिल्लाका ७९ जना रहेका छन् ।

यस्तै बाँकेको नेपालगञ्ज, खजुरा, कोहलपुर, राप्तीसोनारी र दाङका व्यक्तिहरु रहेका छन् । अस्पतालले जारी गरेको सूचना हालसम्मकै सर्वाधिक संख्यामा कोरोना संक्रमित पहिचान भएको उल्लेख छ । साथै सूचनामा २५ प्रतिशतका दरले संक्रमण समुदायमा आक्रमक रुपमा फैलिरहेको संकेत गरेको भन्दै चेतावनी दिइएको छ ।

यसका साथै बाँकेका तीन वटै प्रयोगशालामा भएको परीक्षणमा पनि हालसम्मकै एकैदिनमा बढि कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला र जिल्ला बाहिरका गरी शनिबार मात्रै बाँकेमा १ सय ३७ जनामा कोरोना पहिचान भएको हो ।

Previous articleडा.केसीको माग पुरा गराउन बाँकेमा रिले अनसन
Next article“भित्रबाट नेतृत्व” बिषयक एक दिने तालिम नेपालगञ्जमा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here