“भित्रबाट नेतृत्व” बिषयक एक दिने तालिम नेपालगञ्जमा सम्पन्न

बाँके । नेपालगञ्ज जेसीजले “भित्रबाट नेतृत्व” बिषयक एक दिने तालिम नेपालगञ्जमा संचालन गरेको छ । नेपालगञ्ज जेसीजका अध्यक्ष प्रज्वल कुमार श्रेष्ठको अध्यक्षता भएको तालिम शनिबार संचालन गरिएको हो ।

नेतृत्व के हो ? नेतृत्वका प्रकार, नेतृत्वका लागि आवश्यक गुण, जेसीजको उद्देश्य, इतिहास र नेपालमा जेसीजको भुमिका जस्ता कुराबारे तालिममा जानकारी प्रदान गरिएको थियो । सकार्यक्रमलाई नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष रबिन्द्र कर्णले सहजीकरण गर्नुभएको थियो । सो क्रममा उहाँले नेपालगञ्ज जेसिजले गरेका कामको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रमका सह–संयोजक प्रकाश कुवँर कोहलपुर जुनियर जेसिज अध्यक्ष रबिन गौतम, सुरेन्द्र भटराई, नेपालगञ्ज जेसीजका पुर्ब अध्यक्ष सुनिल कुमारगुप्तालाई खादाले सम्मान समेत गरिएको कार्यक्रमका संयोजक अंकित कुमार सिंहले जानकारी दिनुभयो ।

३४ जना सहभागि भएको तालिमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि नेतृत्व प्रदान गर्ने खालको तालिम संचालनका लागि जोड दिने बताउनुभयो ।

Previous articleभेरीको परीक्षणबाट एक दिनमा हालसम्मकै सर्वाधिक १०३ जनामा कोरोना पुष्टि
Next articleपरिवारका कारण मानसिक रोगीहरु बढ्यो : सरोकारवाला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here