
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज क्षेत्रका सबै बिद्यालयकाे गर्मी बिदा बढाएकाे छ ।
नेपालगन्ज उपमहानगरपालिका एक सूचना जारी गर्दै गर्मी बढ्दै गएकाले नेपालगन्जका निजी तथा संस्थागत बिद्यालयकाे बिदा ३१ गतेसम्म बढाएकाे छ ।
सूचनामा जल तथा माैसम बिभागकाे सूचना अनुसार अझै पाँच दिनसम्म ताताे हावा तथा लु चल्ने भएकाले जेष्ठ ३१ गतेसम्म बिद्यालय पठनपाठन बन्द गर्ने निर्णय गरेकाे जारी सूचनामा उल्लेख छ ।





