बालविवाह न्युनिकरणका लागि बृहत यौनिकता शिक्षा शुरु

गुलरिया । दिगो विकास लक्ष्यहरु २०३० हासिल गर्न बृहत् यौनिकता शिक्षालाई अगाडि बढाउँदै भन्ने मुल नाराका साथ नेपालमा पनि यसको कार्यान्वयनका लागि बिभिन्न साझेदार संस्थाहरुमार्फत बिधालय स्तमा काम गरिरहेका छन् ।

यौनिकता शिक्षा मानव यौन तथा यौनिकताको शारीरिक, भावनात्मक, सांस्कृतिक, सामाजिक र व्यावहारिक पक्षको अध्ययनलाई लिन सकिन्छ । यौनिकताले मानिसको मूल्य तथा मान्यता, यौनसँग प्रत्यक्ष सम्बन्ध भएका बृहत अर्थ, यसप्रतिको बुझाइ तथा प्रयोग र नियन्त्रण वा सीमालाई बुझाउने गर्दछ ।

यौनिकता, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी गरिएका विभिन्न अध्ययनका अनुसार यौनिकता शिक्षामा आधारित जीवनउपयोगी सीप अभावका कारण किशोरकिशोरीले विभिन्न किसिमका चुनौती सामना गरिरहेका हुन्छन् ।

विविध जिज्ञासाउपर सही जानकारी नहुँदा वा जानकारी पाउने अवसर नहुँदा गलत सूचना प्राप्त गर्ने सम्भावना हुन्छ । गलत वा भ्रमपूर्ण सूचनाका कारण उनीहरूले जोखिमपूर्ण यौन व्यवहार अपनाएका अध्ययनले बताएको छ । यसकारण किशोरकिशोरी तथा युवाका लागि पहुँच पुग्ने गरी सूचना र जानकारी दिन आवश्यक छ।

प्लान इन्टरनेशनल नेपाल तथा भेरी बातावरणीय बिशिष्टता समुह (बि ग्रुप) को साझेदारीमा बर्दिया जिल्लाका ४ वटा स्थानीय तहमा बालविवाह परियोजनामार्फत काम गरिरहेको छ ।परियोजना संचालन भएका ४३ वटा विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्यापन हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाकोे ढाँचाअनुसार लैंगिकता, यौन तथा प्रजनन स्वास्थ्य, एचआईभी र एड्सका कुरा बिधालयको पाठ्यक्रमलाई बृहत यौन शिक्षा संग जोड्ने प्रयास गरिने छ ।

पाठ्यपुस्तकले किशोरावस्था, यौनिकताको परिभाषा, यौन तथा प्रजनन स्वास्थ्यको अवधारणा र महत्व, महिला तथा पुरुषको प्रजनन अंग र प्रणाली, परिवार नियोजनका साधन र विधि, सुरक्षित गर्भपतन, यौन रोग, रजस्वला र किशोर-किशोरीमैत्री स्वास्थ्य सेवा पनि उल्लेख गरिएको छ । जसबाट विद्यार्थीले यौन तथा प्रजनन स्वास्थ्य सेवाको बारेमा सूचना प्राप्त गर्नेछन् ।

संस्थाकी कार्यसमिति सचिव कालिका बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डम्बर सुनारले परियोजनामार्फत संस्थाले बर्दिया जिल्लाको ८ वटै पालिकाहरुमा बालविवाह न्युनिकरण परियोजनामार्फत काम गरिरहेको छ ।

बालविवाह न्युनिकरण गर्न सकिने मुख्य सरोकारवालाको रुपमा बिधालय भएको र बिधालयले बृहत यौनिकता शिक्षामार्फत समुदायमा घट्न सक्ने जोखिमलाइ निरुसाहित गर्न मुख्य पात्रको रुपमा लिने भएकाले बालविवाहको जोखिम कम गर्न सकिने बताउनुभयो ।

तालिम सत्रको पहिलो सत्र समापन गर्दै संस्थाकी कार्यसमिति सचिव बस्नेतले संस्थाले बिगत लामो समयदेखि बालबालिका तथा महिलाका बिभिन्न मुद्दाहरुमा वकालत गर्दै आइरहेको र बर्दिया जिल्लामा बिगत ३ बर्षदेखि संस्थाले बिभिन्न परियोजनामा भएका क्रियाकलापमार्फत काम गरिरहेको छ ।

परियोजनाले लिएको लक्ष्य उद्धेश्य अनुसार बाल बिवाहलाई निरुसाहित हुने र यसका लागि बिधालयको महत्वपूर्ण भुमिका हुने र यस कार्यका लागि बिधालयका शिक्षकहरुको महत्वपुर्ण योगदान रहने भएकाले संस्थाको तर्फदेखि स्वागत गनुभयो ।

५ दिनसम्म संचालन हुने तालिममा परियोजना बिधालयका २५ जनाको सहभागिता रहेको र तालिमकाे सहजिकरण रामकुष्ण पराजुलीले गर्नूहुनेछ । तालिम उद्घाटन सत्र संचालन परियोजनाका प्राबिधिक संयोजक रामरुप कौशलले गर्नुभएको थियो ।

Previous articleमिस्टर एण्ड मिस एस.ई.ई दोस्रो संस्करणको तयारी शुरु
Next articleनेपालगन्जमा गर्मी बिदा थप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here