बिनि टण्डनको अध्यक्षतामा बाँके स्ट्रेन्थलिफ्टिङ्ग महासंघ गठन

नेपालगञ्ज । बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्गको प्रथम साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा विशिष्ट अतिथि नेपाल स्ट्रेन्थलिफ्टिङ्ग महासंघका केन्द्रीय सदस्य सन्तोष काजी शाक्य र प्रमुख अतिथिमा नेपालगञ्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट ज्यु रहनु भएको थियो ।

कार्यसमिति अध्यक्ष बिनि टण्डनको अध्यक्षतामा गठन भएको कार्यसमितिमा उपाध्यक्ष सौरभ कर्मचार्य, सचिव चन्द्र सेखर थापा, सहसचिव यन्थस के.सी, कोषाध्यक्ष हेमन्त शाक्य, सदस्यहरुमा रोजी बोस, किरण कुमार श्रेष्ठ, अजय श्रेष्ठ अमृत राना, आयुष शाह, पंकज आले, पुनम कुमारी बिक, लक्षमण कुमार वैश्य रहनुभएको छ ।

यस्तै कानुनी सल्लाहकार अधिवक्ता पवन कुमार गुप्ता, सल्लाहकार डा.सन्दिप गुरुङ, वरिष्ठ सल्लाहकारमा लक्षमण के.सी सर्वसहमतिले चयन हुनुभएको छ । कार्यक्रममा लक्ष्मण के.सी तथा प्रज्वल श्रेष्ठको उपस्थिति रहेको थियो ।

Previous articleबाँकेमा ‘रक्तदान अभियान’ मा तीब्रता, जानकीमा उपशाखा गठन
Next articleबिद्यार्थीको सिकाईस्तर समान बनाउन उपचारात्मक कक्षा, मधुवनमा अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here