
गुलरिया । नेपाल सरकार लगायत शैक्षिक सरोकारवालाको मुख्य जोड विद्यार्थीको सिकाइमा सुधार गर्नु रहेको देखिन्छ । यस प्रयोजनको लागि उपचारात्मक कक्षा पनि एउटा उपाय हुन सक्छ ।
विशेषगरी, सामुदायिक विद्यालयका एउटै कक्षाका विद्यार्थीबीच पनि सिकाइको स्तरमा निकै असमानता रहेको माध्यामिक तहका कक्षामा सिक्नु पर्ने विषयवस्तु उपल्लो कक्षामा पुग्दासम्म पनि सिक्न नसकिरहेकोले एउटै सिकाइको स्तर भएका विद्यार्थीको समुह निर्माण गरी उपचारात्मक कक्षा सञ्चालन गर्न आवश्यकता देखिएकाले प्लान इन्टरनेशन नेपाल तथा र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) द्वारा बर्दियाको बारर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिकाका ४३ वटा परियोजना संचालन भएका सामुदायिक बिधालयमा बालबिबाह न्युनिकरण परियोजना मार्फत उपचारात्मक कक्षा संचालन गर्न भइरहेको छ ।
परियोजना संचालन भएका सामुदायिक बिधालयको उपचारात्मक कक्षाको माध्ययमबाट विद्यालयमा अध्ययनरत बालिकाहरुको विद्यालय छाड्ने बालबालिकाहरूमा विद्यालय छाड्ने सोच÷विचार लगातार अनुत्तीर्ण हुने र पढाएको कुरा बुझ्नका लागि यो कक्षा प्रभावकारी हुने देखिएको छ ।
उपचारात्मक कक्षाले उत्तीर्ण हुने वातावरणको निर्माण गर्न विद्यालयमा जान्ने र नजान्ने अनि अनुत्तीर्ण भइरहने विद्यार्थीहरूमाझ शिक्षकको समान सकारात्मक दृष्टिकोण जन्माउन र उनीहरूलाई विद्यालय शिक्षामा कसरी अगाडि बढाउन सकिन्छ भन्ने सवाललाई उपचारात्मक शिक्षण सिकाइले सम्बोधन गर्न सक्ने अनुमान गरिएको छ ।
उपचारात्मक कक्षाको गुणस्तर नियमित संचालनका लागि बिधालय प्रसाशनबाट छड्के जाँच, तथा कक्षाकोठा अनुगमन, शिक्षक स्वःमूल्यांकन फारम, आदिका यस कक्षाको प्रभावकारी गर्ने गरि मधुवनमा शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा उपचारात्मक कक्षा संचालन गर्ने शिक्षकहरुका लागि उपचारात्मक कक्षा आबश्यकता, महत्व, संचालनको बिधी र कार्ययोजनासहित अभिमुखिकरण सम्पन्न गरिएको छ ।
अभिमुखिकरणमा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नारायण खनालले गर्नुभएको र असार १ गतेदेखि नियमित कक्षा संचालन हुने गरि बिधालय स्तरिय कार्ययोजना निर्माण गरिएको छ ।
सो क्रममा बोल्दै बिग्रुपका निर्देशक डम्मर सुनारले सस्थाले बिगत २ बर्षदेखि बर्दिया जिल्लाको ४ वटा पालिकाहरुमा बालबिवाह न्युनिकरण परियोजना मार्फत काम गरिरहेको र यसै सन्दर्भमा बाल विवाहको उच्च जोखिम हुने स्थान बिधालय भएको र बिधालयमा बिपन्न, अपागंता भएका वालबालिका बाल विवाहको जोखिममा जान सक्ने वालिकाहरु ड्रपआउट हुने, सम्भावनालाई निराकरण गर्नका लागि यश कक्षाले मद्वत पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
प्लान ईन्टरनेशनल नेपालले बर्दिया जिल्लामा वालविवाहको उच्च जोखिम रहेको र बालिकाहरु वालविवाहको जोखिममा नपरुन उनीहरुको सत प्रतिशत बिधालयमा नियमित र सिकाइ उपलब्धिका लागि उपचारात्मक कक्षा संचालन गर्न थालिएको र यसले वालिकाहरुको सिकाई क्षमतामा बृद्वि हुने र बालबालिकाहरुको ड्रप आउट रोकिने र बालविवाहको जोखिम कम हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
यस अभिभमुखिकरणमा ११ वटा परियोजना बिधालयका गणित, अग्रेजी, बिज्ञान र सामाजिक बिषयगत शिक्षकको सहभागीता रहेको फिल्ड सुपरभाइजर फिल्ड सुपरभाईजर गंगा गुरुङले बताउनु भयो । अभिमुखिकरणमा परियोजना संचालित ११ बिधालयका करिव ३५ जना शिक्षकको सहभागिता रहेको थियो ।





