
बाँके । जिल्लामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार शनिबार राति ९ ः५५ बजे नेपालगञ्ज–१० ट्राफिक चोक निवासी ८४ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि गत असोज ६ गते बागेश्वरी डाइग्नोस्टिक सेन्टर नेपालगञ्जबाट उनको स्वाब संकलन गरि भोलिपल्ट ७ गते उनमा कोरोना पुष्टि भएको थियो । उनलाई सोही दिन साँझ साढे ५ बजे भेरी अस्पतालको भेन्टिलेटरमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।
उपचारकै अवस्थामा उहाँका स्वास्थ्य अवस्था बिग्रदै गएपछि दिनुपर्ने सबै प्रकारको उपचार दिँदा पनि स्वास्थ्यमा सुधार नभएको र शनिबार राति मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक व्यक्तिमा स्वास प्रश्वासको समस्या रहेको थियो । यो संगै बाँकेमा कोरोना पुष्टि भएपछि उपचारका क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।






