
बाँके । काेहलपुरकी थप एक महिलाकाे मृत्यु भएकाे छ । काेराेना संक्रमण देखिएकी काेहलपुर-८ गाेल्छा निवासी ७१ वर्षीया महिलाकाे मृत्यु भएकाे हाे ।
याे संगै बाँकेमा काेराेनाका कारण मर्नेको संख्या २६ पुगेकाे छ । १४ गते स्वाव संकलन भएकाे उनकाे साही दिन काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएकाे थियाे । बाँकेका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार मृतकामा श्वास प्श्वासकाे समस्या रहेकाे थियाे ।
उनकाे शनिबार राति १० बजे भेरी अस्पतालमा मृत्यु भएकाे छ । यससंगै शनिबार एकैदिन ईक पुरूष र एक महिला गरि दुई जनाकाे मृत्युु भएकाे छ ।
शनिबार नेपालगन्ज-१० एक ८४ वर्षीय पुरूषकाे मृत्यु भएकाे ५ मिनेटपछि महिलाकाे मृत्यु भएकाे हाे ।





