
कोहलपुर । बाँकेको कोहलपुरमा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ । कोहलपुरको हवल्दारपुरमा रहेको गणपति प्लाईउड उद्योगमा कार्यरत कामदारको करेन्ट लागेको मृत्यु भएको हो ।
उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर कोहलपुर नगरपालिका वडा नम्बर ७ लखनवारका ५० वर्षीय हरभजन थारुको मृत्यु भएको छ । उहाँलाई आइतबार बेलुका करिव ६ः३० बजेतिर करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते हुनुभएका थारुलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको छ । मृतकको शव पोष्ट मार्टमका लागि भेरी अस्पतालमा राखिएको छ ।





