अभिकर्ता पुर्नताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

नेपालगञ्ज । हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेडको पहिलो उपप्रादेशिक अभिकर्ता पुर्नताजगी तालिम तथा सम्मान कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।

डिपोटी प्रोभेन्सियल हेड उमेश ठाकुरको अध्यक्षतामा नेपालगञ्जमा गरिएको कार्यक्रमलाई जोनल हेड नविन थापाले तालिम संचालन गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

तालिममा समुदायसंग सहकार्य गर्न सकिने उपाय तथा आधार लगायतका बिषयमा छलफल भएको थियो ।

कार्यक्रममा निरज कुमार भट्ट, बिमल ढकाल, झबिन्द्र मरासीनी, अर्जुन शाही, टिकामणी उपाध्याय, माधवराज अधिकारी, योगराज चौधरी, बिकास केसी, उर्मिला देवी यादव, राज कुमार शर्मा, लगायत दुई पचास बढी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Previous articleकरेन्ट लाग्दा कोहलपुरमा एक जनाको मृत्यु
Next articleसाउदी अरेबियामा ३ जनालाई मृत्युदण्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here